विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी । प्रायः कालो रंगको जलप्रवाह हुने कालीगण्डकी शालीग्रामका लागि विश्वप्रसिद्ध छ । हिन्दू धर्ममा शालीग्रामलाई विष्णु भगवानको साक्षात रूप समेत मानिन्छ । कालीगण्डकी तटमा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थलसँगै पश्चिमा वास्तुकलाको नमूनाका रुपमा रानीमहल रहेको छ । नेपाली समाजको विशिष्ट प्रेम प्रतीकका रुपमा रानीमहलले इतिहासको एउटा प्रेमिल कालखण्ड बचाएर राखेको छ ।
पाल्पाको श्रीनगरडाँडा आसपासबाट उत्तर बग्ने रानीघाट खोला कालीगण्डकीमै समाहित भएको छ । जहाँ, प्रेम प्रतिकका रुपमा जिवित दरबार छ, रानीमहल । तानसेनबाट १३ किलोमिटर दुरीमा रहेको रानीमहल, नदी किनारको चट्टामाथि ठड्याइएको छ । पाल्पाका तैनाथी पश्चिम कमाण्डर जनरल खड्ग शमशेर राणाले रानी तेजकुमारी देवीको सम्झनामा पाँच वर्ष लगाएर विक्रम सम्वत् १९५४ मा सो दरबार निर्माण सम्पन्न गराएका थिए ।
तानसेन नगरपालिकाले दश वर्षका लागि संरक्षण जिम्मा पाएको रानीमहलका धेरैजसो पुरातात्विक वस्तुहरु हराइसकेका छन् । यद्यपि, त्यहाँका भौतिक पूर्वाधारलाई पूर्ववत् अवस्थामा संरक्षणको प्रयास गरिएको छ । अनकण्टार खोंचमा रहेको रानीमहलबाट पुरातात्विक धेरै वस्तुहरु चोरी, नासिइसकेका छन् । त्यहाँका केही पुरातात्विक वस्तुहरु रानीमहलभित्र रहेको सङ्ग्रहालयमा संग्रहित गरिएको छ । सङ्ग्रहालयमा देवी, गणेशका मूर्ति, शंख, पूजाथाली, पानस, शालीग्राम, हुक्का, दीयो, खड्कूलो, घैलालगायत पुरातात्विक वस्तुहरु राखिएका छन् । यद्यपि, तिनका विषयमा विस्तृत जानकारी राखिन आवश्यक छ । रानीमहल पाँच रोपनी १५ आना दुई दाम क्षेत्रफलमा रहेको छ । रानीमहलले वरपर करिव २४ रोपनी क्षेत्रफल ओगटेको छ । दरबार क्षेत्रमा भान्छाघर, घोडा तवेला, सित्तलपाटी, फोहोरासहितका दुई पोखरी रहेका छन् । रानीमहल परिसरमा गजुरविनाको तीन खण्डमा विभाजित मन्दिर रहेको छ । दायाँबाँया शिव र बीचमा गंगाको मन्दिर छ । यद्यपि, गंगाको मूर्ति हराइसकेको छ । टुटेको अवस्थामा संरक्षित दुई घण्ट छन् । यी घण्टले प्रेमको निशानी बोकेको छ । कालीगण्डकीको किनारतर्फ सित्तलपाटी रहेको छ । जहाँ, गर्मीको बेला चिसो हावाको आनन्द लिन सकिन्छ । महलको बगैँचा र सजावटलाई जिवन्त राख्ने प्रयास गरिए पनि रानीमहलको बाहिरी भागमा जथाभावी राखिएका बिजुली र सेलारका पोलले महलको सौन्दर्य कुरुप बनाएको छ ।
पुरातत्वले पुनर्निर्माण गरेर २०७२ साल साउन १० गते सरकारलाई हस्तान्तरण गरेको थियो । यद्यपि, रानीमहलको उचित संरक्षण हुन नसकेपछि नगरपालिकाले संरक्षण जिम्मा लिएको छ । नगरपालिकाले रानीमहलको सौन्दर्य जिवन्त राख्न र पर्यटन प्रवद्र्धनमा पहल जारी नै राखेको छ । सुरक्षाका लागि प्रहरी खटाइनुका साथै सीसीक्यामरा समेत जडान गरिएको छ । रानीघाटका स्थानीय सरला राना भन्नुहुन्छ, “हिउँदमा यो बगरमा बस्ने ठाउँ पाइन्न । पाल टाँगेर रात बस्नेहरु थुप्रै आउँछन् ।”
विशेषगरी आन्तरिक र भारतीय पर्यटकको चाप रानीमहलमा छ । कालीगण्डकीमा जलविहार गर्ने सेवामा निजी क्षेत्र सक्रिय छ । हनीमुन मनाउने जोडीदेखि मनसुनी जोडीसम्मको आकर्षण रानीमहल बनिरहेको छ । पाल्पा घुम्न पुग्ने परिवार या साथी समुह रानीमहल पुगेकै पाइन्छ । यद्यपि, रानीमहललाई सिंगारपटारभन्दा बढी यसको इतिहासका विविध पक्षलाई जिवन्त राख्न आवश्यक भएको इतिहासकार निर्मल श्रेष्ठ (पाल्पा) बताउनुहुन्छ ।
सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा रहेको रानीमहलसम्म पुग्न तानसेनबाट पक्की सडक निर्माण गरिएको छ । रानीमहलमा रहेको शिव मन्दिरको गुठी समेत विभिन्न ठाउँमा रहेको स्थानीय बताउँछन् । त्यसको खोजविन गरी संरक्षणमा नगरपालिकाले चासो राख्नुपर्ने देखिन्छ ।
पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दा मुनीको डाँडाटोलमा हिमचुली बङ्गुर फार्म रहेको छ । दक्षिण दिशातर्फ फर्किएको यो रातो माटोको टारमा १५० जति कुमाल घरवस्ती रहेको छ । प्रेमबहादुर कुमालले चार वर्षअघि एउटा बुङ्गुरबाट सुरु गरेको बङ्गुर फार्ममा…
बगनासकाली गाउँपालिका वडा नम्बर १ मा घाँस विकास संघको कार्यालय रहेको छ । संघका अध्यक्ष हरिबहादुर बिसी हुनुहुन्छ । तिनाउ जलाधार संरक्षण आयोजनाले जलाधार संरक्षणकाे लागि वृक्षरोपण र भूँइ घाँसको प्रवर्धन गरेको थियो । भूइँ घाँसको बीउ माग भएपछि साे…
पाल्पाका पहाडी जङ्गलमा रैथाने प्रजातिका रुपमा टिमुर प्रसस्त पाइन्छ । जटिबुटी र मसलाका रुपमा भान्छामा प्रयोग हुने टिमुरबाट किसानले मनग्य आम्दानी लिन सक्छन् । प्राकृतिक रुपमा जङ्गलमा पाइने टिमुरको जथाभावी सङ्कलनले टिमुर संरक्षणमा चुनौती समेत थपेको छ । https://youtu.be/E0cqZkqV7Vk पाल्पाको…
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दामा करिव डेढ सयको घरसंख्यामा छरिएर रहेका कुमाल जाति छन् । कुमाल जातिको पुख्र्यौली पेशा माटाका भाँडा बनाएर बेच्नु भए पनि यो जाति अहिले पूर्णत पेशाबाट विस्थापित भइसकेको अवस्था छ । यद्यपि, सातबाटे…
तिब्बतमा उत्पत्तिभई मुस्ताङहुँदै नेपाल प्रवेश गर्ने कालीगण्डकी गहिरो खोंच भएर बग्ने विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो । जोमसोम र टुकुचेहुँदै बग्दा कालीगण्डकीले संसार कै सबैभन्दा गहीरो गल्छी बनाएको छ । पश्चिममा धौलागिरी ( ९८१६७ मिटर) र पूर्वमा अन्नपूर्ण…