वडा ६

यम्घा

साविककाे यम्घा गाउँ विकास समितिलाई बगनासकाली गाउँपालिकाकाे वडा नं. ६ बनाइएको हाे । उत्तरी माेहडामा पर्ने यस वडामा ४ गाेटा सामुदायिक वनहरु रहेका छन् । गुँगा, मन्द्रान र दरपुक यहाँका प्रमुख वस्तीहरु हुन् । यहाँका कालीगण्डकी किनाराका वनमा मुख्यतया खयर, सिसाै, सिमल, कर्मा आदि प्रजातीहरु पाइन्छन् । माथिल्लाे भेककाे वनमा साल, चिलाउने, जामुन, खाेटे सल्ला आदि प्रजातीहरु पाइन्छन् ।

विशेष गरि कालीगण्डकीसंग जाेडिएका खहरे ठुला वगर र कुवेर सामुदायिक वनकाे तल्लाे भेक मन्द्रान, गुँगा र दरपुक राम्दी खण्डमा खयर सिमलकाे वन रहेकाे छ । 

यी क्षेत्रमा बुट्यान झाडी सफा र वन व्यवस्थापन गरि करिव १० हेक्टरमा खयरकाे पुनर्उत्पादन गर्न सकिने संभावना रहेकाे छ । यसका अतिरिक्त नीजी जग्गमा कृषि वन प्रणाली प्रवर्द्धन गर्न कागती, आँप, केरा र कटहर आदि राेपण गरि उपभाेक्ता समुहकाे आम्दानी वढाउन सकिने संभावना रहेकाे छ । यी सामुदायिक वनहरुले खयर कटान गरी विक्री समेत गरेको छ । वन पैदावार विक्रीबाट प्राप्त रकमले खानेपानी तथा विद्यालय शिक्षामा खर्च गरिएको पाइन्छ । यस सामुदायिक वनबाट वन उद्यमको लागि स्थान विशेष अनुरुप वृक्षरोपण गरी आम्दानी लिन सकिने र स्थानीय समुदायमा योगदानलाइ बढाउन सकिने देखिएको छ ।

icons

घरधुरी

icons

जनसंख्या

icons

पुरुष

icons

महिला

संस्कृति

रानीमहल

विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी । प्रायः कालो रंगको जलप्रवाह हुने कालीगण्डकी शालीग्रामका लागि विश्वप्रसिद्ध छ । हिन्दू धर्ममा शालीग्रामलाई विष्णु भगवानको साक्षात रूप समेत मानिन्छ । कालीगण्डकी तटमा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थलसँगै पश्चिमा वास्तुकलाको नमूनाका रुपमा रानीमहल रहेको छ । नेपाली समाजको…

Read More

अवसरहरू

लघु-कथा