वडा ७

खानीगाउँ

साविककाे खानीगाउँ गाउँ विकास समितिलाई बगनासकाली गाउँपालिकाकाे वडा नं. ७ बनाइएको हाे । उत्तरी माेहडा रानीमहल रानीघाट आसपासमा यस वडामा ४ गाेटा सामुदायिक वनहरु रहेका छन् । कालीगण्डकी नदिकाे तटीय क्षेत्रमा खयर, टुनी र जामुन र माथिल्लाे भेकमा साल, सल्ला खाेटे, चिलाउने र ढाल्ने कटुश आदि प्रजातीकाे मिश्रीत वन पाइन्छ । कालीगण्डकी किनाराकाे खयरकाे वन व्यवस्थापन गरि पुनर्उत्पादन बढाउन सकिन्छ । वनको संरक्षणले रानी घाट खाेलाकाे उपजलाधारलाइ हरभरा र पानीका मुलहरु जाेगाउन ठूलो योगदान रहेको छ । यस खाेलामा तानसेन लिफ्टिङ्ग खानेपानीकाे मुहान पनि रहेकाे छ । ती पानीका मुहानहरुकाे संरक्षणकाे काम गर्नु पर्ने छ ।

यहाँका वनका उपभाेक्ताहरुकाे आय आर्जन गर्न वन क्षेत्रमा अम्रीसो र टिमुर राेपण गर्न सकिने प्रचुर संभावना रहेकाे छ । यसका अतिरिक्त नीजि जग्गमा कृषि वन प्रणाली प्रवर्द्धन गर्न टिमुर, कागती, आँप, केरा र कटहर आदि राेपण गरि उपभाेक्ता समुहकाे आम्दानी वढाउन सकिने संभावना रहेकाे छ । 

icons

घरधुरी

icons

जनसंख्या

icons

पुरुष

icons

महिला

अवसरहरू

लघु-कथा