वडा ५

दर्लामडाँडा

साविककाे दर्लामडाँडा गाउँ विकास समितिलाई बगनासकाली गाउँपालिकाकाे वडा नं. ५ बनाइएको छ । उतरी माेहडामा पर्ने यस वडामा ४ गाेटा सामुदायिक वनहरु रहेका छन् । यहाँका वनहरुमा मुख्यतया सल्लो, जामुन, चिलाउने, फँडियार आदि प्रजातीहरु पाइन्छन् । यी वनहरु प्राकृतिक वनलाइ संरक्षण गरेर हुर्काइएका हुन् । वनको संरक्षणले राम्दी खाेलाकाे उपजलाधारलाइ हरभरा र स्वच्छ बनाउन ठूलो योगदान रहेको छ ।

यहाँकाे वनका उपभोक्ता सदस्यहरु घट्दै गएको पाइन्छ । बसाइ सराइका कारण सदस्य घट्दै गएको बताइन्छ ।  झाडी सफा गरिएकाे वनमा खयरकाे पुनर्उत्पादन भएकाे पाइएको छ । वनमा बाँस र अम्रिसोसमेत लगाइएको छ । भिरालो जग्गामा अम्रिसो, चाँप, तेजपात र च्यूरी लगाउने संभावना रहेको छ । अव्यवस्थित ग्रामिण सडक निर्माणले पहिरो गै पानीका मुल समेत सुकेकाे समस्या रहेको छ । वनमा रहेको सल्लो हटाउन पाउ भन्ने अपेक्षा उपभोक्ताको छ । बाँदरको समस्या रहेको उपभोक्ताको गुनासो रहेको छ । यस वनको कथाले धेरै क्षेत्रमा काम गर्नु पर्ने सिकाइ रहेको छ । वनको व्यवस्थापन दिर्घकालीन रुपमा कसरी गर्ने हो चुनौतीको रुपमा अहिले देखिनै लिनु पर्ने महसुस भएको छ ।

icons

घरधुरी

icons

जनसंख्या

icons

पुरुष

icons

महिला

अवसरहरू

लघु-कथा

पहलहरू

महेन्दी सामुदायिक वन

बगनासकाली गाउँपालिका वडा नम्बर ५ मा यो सामुदायिक वन रहेको छ । दुई हजार त्रिपन्न सालमा दर्ता गरिएको यो सामुदायिक वन ८.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। । यो वनका उपभोक्ता सदस्य घट्दै गएको पाइन्छ । बसाइ सराइका कारण सदस्य घट्दै गएको बताइन्छ । पहिला १५२ उपभोक्ता सदस्य रहेकामा अहिले १०८…

पहलहरू अन्वेषण गर्नुहोस्