वडा १

चिर्तुङ्गधारा

साविककाे चिर्तुङ्गधारा गाउँ विकास समितिलाइ बगनासकाली गाँउपालिकाकाे वार्ड नं. १ का रुपमा भाैगाेलिक विभाजन गरिएकाे छ । तानसेन नगरपालिकासँग जाेडिएकाे याे वडालाइ सिद्धार्थ राजमार्गले छाेएर गएकाे छ । 

चिर्तुङ्ग शब्द मगर भाषाबाट आएकाे पाइन्छ । केही समयअघिसम्म चिर अर्थात चट्याङ्ग परेकाे ढुङ्गा धारा नजिक थियाे । बाटाे बनाउने क्रममा साे ढुङ्गा मासिएकाे बताइन्छ । साेही ढुङ्गा नजिक मूलपानीकाे धारा रहेकाे छ । त्यसैले साे ठाउँलाइ चिर्तुङ्गधारा भनिएकाे हाे । चिर भनेकाे चट्याङ्ग र तुङकाे अर्थ मगर भाषामा नजिकै भन्ने जनाउँछ । चिर परेकाे नजिकैकाे धारा भएकाले चिरतुङधारा भन्दाभन्दै चिर्तुङ्ग भन्न थालिएकाे स्थानीय पाका मानिस बताउँछन् ।

यस वडा भित्र भलुवाचाैर, काफलताेष, काेठीचाैर, चिलाङ्गदि भैरव, कुमाले भिर, कालिका, वेलानी चाैर ढुङ्गाखानी र हुमिन्द्रेगैरा मुर्लेखोला आदि सामुदायिक वनहरुरहेका छन् । अधिकांश भूभाग दक्षिणी माेहडामा पर्ने यहाँका वनहरुमा विशेष गरि खाेटेसल्ला, लाकुरी, चिलाउने, टुनी र कटुश आदिका प्रजातीहरु पाइन्छन् । यहाँका सबै सामुदायिक वनहरु २०३८।३९ सालतिर तिनाउ जलाधार संरक्षण आयाेजनाले राता नाङ्गा डाँडाहरुमा वृक्षाराेपण गरि हुर्काइएका हुन् । यी वनहरुलाइ स्थानीय जनताले लाैरे पालाे लगाइ संरक्षण गरेर सामुदायिक वन वनाइएका हुन् । 

icons

घरधुरी

icons

जनसंख्या

icons

पुरुष

icons

महिला

Agriculture

हिमचुली बङ्गुर फार्म

पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दा मुनीको डाँडाटोलमा हिमचुली बङ्गुर फार्म रहेको छ । दक्षिण दिशातर्फ फर्किएको यो रातो माटोको टारमा १५० जति कुमाल घरवस्ती रहेको छ । प्रेमबहादुर कुमालले चार वर्षअघि एउटा बुङ्गुरबाट सुरु गरेको बङ्गुर फार्ममा अहिले ३० वटा त बुङ्गुर माउ मात्र छन् । ठेक्कापट्टामा…

Read More
कृषि

पाल्पा घाँस विकास संघ

बगनासकाली गाउँपालिका वडा नम्बर १ मा घाँस विकास संघको कार्यालय रहेको छ । संघका अध्यक्ष हरिबहादुर बिसी हुनुहुन्छ । तिनाउ जलाधार संरक्षण आयोजनाले जलाधार संरक्षणकाे लागि वृक्षरोपण र भूँइ घाँसको प्रवर्धन गरेको थियो । भूइँ घाँसको बीउ माग भएपछि साे आयाेजनाले उत्प्रेरित गरि समुह गठन गरेर समुहका सदस्यहरु मार्फत बिउ…

Read More

अवसरहरू

लघु-कथा

पहलहरू

चिलाङ्दी भैरव मन्दिर
सामुदायिक वन

बगनासकाली गाउँपालिका वडा नम्बर १ मा रहेको यो वन २०४४ सालमा दर्ता भएको हो । २०४५्रर २०४६ सालबाट सल्ला रोप्न थालिएको थियो । २० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा १०५ जना उपभोक्ता सदस्य रहेका छन् । अहिले चिलाउने, टुनी, खनियाजस्ता विरुवा आफैँ उम्रिएका छन् । सुरुमा तिनाउ जलाधार परियोजनाले वृक्षरोपण…

पहलहरू अन्वेषण गर्नुहोस्