वडा २

पाेखराथाेक

पाल्पा जिल्ला सदरमुकामा तानसेनबाट पूर्वकाे साविककाे पाेखराथाेक गाउँ विकास समितिलाई बगनासकाली गाउँपालिकाकाे वडा नं. २ बनाइएको छ । भैरहवा पाेखरा सिद्धार्थ राजमार्गले छाेएकाे यस वडामा ६ गाेटा सामुदायिक वन हस्तान्तरण गरिएका छन् । वन विनाश भै नाङ्गा डाडाँहरुमा लाैरे पालाे पहरा गरि संरक्षण एवं वृक्षाराेपण गरि वन हुर्काइएकाे हाे । यहाँका अधिकांश वनमा साल, खाेटे सल्ला, कटुश, चिलाउने र अंगेरी आदि प्रजातीहरु पाइन्छन् । वन क्षेत्र विस्तार भए पछि वाँदर, दुम्सी र वँदेल वढेकाेले वाली नाली नाेक्सान गरि वन्यजन्तु मानव द्वन्द वढेकाे छ ।

यहाँकाे वनलाइ उत्पादन मुलक बनाउन झाडी सफाइ, एक्ल्याउने, पतल्याउने र छटनी गर्नु पर्ने अवस्था रहेकाे छ ।

यहाँका सामुदायिक वनका उपभाेत्ताहरुकाे आय श्राेत वृद्धी गरि जीविकाेपार्जन सुधार गर्न वनमा अम्रीसो, तेजपत्ता, लप्सी राेपण गर्न सकिने प्रचुर संभावना रहेकाे स्थानीय उपभाेक्ता समितिका पदाधिकारि बताउनु हुन्छ । यसका अतिरक्त निजी जग्गामा कागती र वेसार खेती गरि आय वढाउन सकिने स‌भावना रहेकाे कालावन सामुदायिक वनका अध्यक्ष श्री  खुम बहादुर कुमाल वताउनु हुन्छ ।

icons

घरधुरी

icons

जनसंख्या

icons

पुरुष

icons

महिला

लघु-कथा

पहलहरू

कालावन सामुदायिक वन

बगनासकाली गाउँपालिका वडा नम्बर २ पोखराथोकमा कालावन क्षेत्र रहेको छ । नाङ्गा डाँडाका सालका पोथ्राालई २०४२ सालतिर संरक्षण थालिएको थियो । स्थानीय उपभोक्ताले लौरो पालो लगाएर निके दुःख गरेर सो वन संरक्षण गरेका थिए । यो जङ्ल सालैसालको रहेको छ । ६.१४ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनको उत्तरमा तेस्रो बाटो,…

पहलहरू अन्वेषण गर्नुहोस्