महेन्दी सामुदायिक वन

बगनासकाली गाउँपालिका वडा नम्बर ५ मा यो सामुदायिक वन रहेको छ । दुई हजार त्रिपन्न सालमा दर्ता गरिएको यो सामुदायिक वन ८.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। । यो वनका उपभोक्ता सदस्य घट्दै गएको पाइन्छ । बसाइ सराइका कारण सदस्य घट्दै गएको बताइन्छ । पहिला १५२ उपभोक्ता सदस्य रहेकामा अहिले १०८ घरधुरी रहेका छन् । वनमा सल्लो, जामुन, चिलाउने, फँडिर रहेका छन् । नयाँ विरुवाका रुपमा खयर समेत उम्रिएको पाइएको छ । वनमा बाँस, अम्रिसो समेत लगाइएको छ । भिरालो जग्गामा सिसौ, चाँप, तेजपात लगाउने योजना रहेको छ । पहिरोको समेत समस्या रहेको छ । वनमा चिउरी पनि छ । वनमा रहेको सल्लो हटाउन पाउ हुने भन्ने अपेक्षा उपभोक्ताको छ । बाँदरको समस्या रहेको उपभोक्ताको गुनासो रहेको छ ।

Project Timeline

SIGN UP TO GET INSTANT ACCESS
TO PARTNER AND COLLABORATE ON INITIATIVES