वडा ९

चापपानी

साविककाे चापपानी गाउँ विकास समितिलाइ बगनासकाली गाउँपालिकाकाे वडा नं. ९ बनाइएको हाे । उतरी माेहडामा पर्ने यस वडामा ३ गाेटा सामुदायिक वनहरु रहेका छन् । यहाँका प्राकृतिक वनहरुलाइ पालाे पहरा गरि संरक्षण गरेर र नाङ्गा डाँडामा वृक्षाराेपण गरेर पछि सामुदायिक वन बनाइएका हुन् । यहाँका वनहरुमा मुख्यतया खाेटे सल्लो, जामुन, चिलाउने, लाकुरी र ढाले कटुश आदि प्रजातीहरु पाइन्छन् ।

यहाँका वन उपभाेत्ताका सदस्यहरुकाे आय आर्जन गर्न वन क्षेत्रमा अम्रीसो, तेजपत्ता, लप्सी र टिमुर राेपण गर्न सकिने संभावना छ । यसका अतिरक्त निजी जग्गामा कृषि वन प्रणाली प्रवर्द्धन गर्न कागती, टिमुर र लप्सी राेपण गरि आय वढाउन सकिने स‌भावना रहेकाे छ ।