पाल्पा घाँस विकास संघ

2022 -07- 26

बगनासकाली गाउँपालिका वडा नम्बर १ मा घाँस विकास संघको कार्यालय रहेको छ । संघका अध्यक्ष हरिबहादुर बिसी हुनुहुन्छ । तिनाउ जलाधार संरक्षण आयोजनाले जलाधार संरक्षणकाे लागि वृक्षरोपण र भूँइ घाँसको प्रवर्धन गरेको थियो । भूइँ घाँसको बीउ माग भएपछि साे आयाेजनाले उत्प्रेरित गरि समुह गठन गरेर समुहका सदस्यहरु मार्फत बिउ उत्पादन थालेका थिए । जिल्ला पशु सेवा कार्यालयले बीउ बेचिदिने गर्दथे । तर, तिनाउ कार्यक्रम अवधि सकिएपछि बिउ बिक्रीमा समस्या भएपछि आयाेजनाले गठन गरेकै समुह मिलेर घाँस विकास संघ गठन गरेका थिए । सो समुहले मोलासिस, स्टाइलो, भटमासे, जै, वदामे र इपिल इपिल लगायत घाँसको बिउ उत्पादन र बिक्री वितरण गर्दै आएको छ । यसका अतिरिक्त पासपलम, मल्लाटाे, नेपियर, वदामे र सेटारिया धाँसका वेर्ना उपलब्ध छन् । अहिले बिउ उत्पादनमा कमी आएको छ । स्थानीय सरकारले घाँस कार्यक्रम विस्तार गर्न आवयक रहेको संघका अध्यक्ष बिसीले बताए ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing