बगनासकाली गाउँपालिका वडा नम्बर १ मा घाँस विकास संघको कार्यालय रहेको छ । संघका अध्यक्ष हरिबहादुर बिसी हुनुहुन्छ । तिनाउ जलाधार संरक्षण आयोजनाले जलाधार संरक्षणकाे लागि वृक्षरोपण र भूँइ घाँसको प्रवर्धन गरेको थियो । भूइँ घाँसको बीउ माग भएपछि साे आयाेजनाले उत्प्रेरित गरि समुह गठन गरेर समुहका सदस्यहरु मार्फत बिउ उत्पादन थालेका थिए । जिल्ला पशु सेवा कार्यालयले बीउ बेचिदिने गर्दथे । तर, तिनाउ कार्यक्रम अवधि सकिएपछि बिउ बिक्रीमा समस्या भएपछि आयाेजनाले गठन गरेकै समुह मिलेर घाँस विकास संघ गठन गरेका थिए । सो समुहले मोलासिस, स्टाइलो, भटमासे, जै, वदामे र इपिल इपिल लगायत घाँसको बिउ उत्पादन र बिक्री वितरण गर्दै आएको छ । यसका अतिरिक्त पासपलम, मल्लाटाे, नेपियर, वदामे र सेटारिया धाँसका वेर्ना उपलब्ध छन् । अहिले बिउ उत्पादनमा कमी आएको छ । स्थानीय सरकारले घाँस कार्यक्रम विस्तार गर्न आवयक रहेको संघका अध्यक्ष बिसीले बताए ।
पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दा मुनीको डाँडाटोलमा हिमचुली बङ्गुर फार्म रहेको छ । दक्षिण दिशातर्फ फर्किएको यो रातो माटोको टारमा १५० जति कुमाल घरवस्ती रहेको छ । प्रेमबहादुर कुमालले चार वर्षअघि एउटा बुङ्गुरबाट सुरु गरेको बङ्गुर फार्ममा…
पाल्पाका पहाडी जङ्गलमा रैथाने प्रजातिका रुपमा टिमुर प्रसस्त पाइन्छ । जटिबुटी र मसलाका रुपमा भान्छामा प्रयोग हुने टिमुरबाट किसानले मनग्य आम्दानी लिन सक्छन् । प्राकृतिक रुपमा जङ्गलमा पाइने टिमुरको जथाभावी सङ्कलनले टिमुर संरक्षणमा चुनौती समेत थपेको छ । https://youtu.be/E0cqZkqV7Vk पाल्पाको…
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर १ घोरबन्दामा करिव डेढ सयको घरसंख्यामा छरिएर रहेका कुमाल जाति छन् । कुमाल जातिको पुख्र्यौली पेशा माटाका भाँडा बनाएर बेच्नु भए पनि यो जाति अहिले पूर्णत पेशाबाट विस्थापित भइसकेको अवस्था छ । यद्यपि, सातबाटे…
विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी । प्रायः कालो रंगको जलप्रवाह हुने कालीगण्डकी शालीग्रामका लागि विश्वप्रसिद्ध छ । हिन्दू धर्ममा शालीग्रामलाई विष्णु भगवानको साक्षात रूप समेत मानिन्छ । कालीगण्डकी तटमा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थलसँगै…
तिब्बतमा उत्पत्तिभई मुस्ताङहुँदै नेपाल प्रवेश गर्ने कालीगण्डकी गहिरो खोंच भएर बग्ने विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो । जोमसोम र टुकुचेहुँदै बग्दा कालीगण्डकीले संसार कै सबैभन्दा गहीरो गल्छी बनाएको छ । पश्चिममा धौलागिरी ( ९८१६७ मिटर) र पूर्वमा अन्नपूर्ण…